रुपन्देहीमा कांग्रेसको राँके जुलुस प्रदर्शन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रदेश ५ को राजधानी दाङ लैजाने प्रस्तावविरुद्ध कांग्रेस रुपन्देहीले जिल्लाका विभिन्न स्थानमा राँके जुलुससहित विरोध प्रदर्शन गरेको छ । शनिबार बिहान बसेको बैठकले राँके जुलुससहित रुपन्देही बन्द र सांसदको घर अगाडि कालो झन्डा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

कांग्रेस जिल्ला पदाधिकारीसहित कार्यकर्ताले शनिबार साँझ बुटवलको चौराहादेखि मिलनचोक र प्रत्येक वडाको मुख्य चोकमा, तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकदेखि क्रिमसन अस्पतालसम्म, सैनामैनाको मुर्गिया चोक, सालझण्डी बजार, हरैया चोक र रुद्रपुर, भैरहवाको देवकोटा चोक र देवदहको खैरेनी चोकमा राँके जुलुस प्रदर्शन गरेका हुन् । प्रदेश सभामा शुक्रबार प्रदेश नामकरण र स्थायी राजधानीको प्रस्ताव पेस भएसंगै बुटवलका विभिन्न ठाउँमा टायर बालेर विरोध भइरहेका छन् ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *