रुपन्देहि पाल्पा सिद्धबाबा सडकखण्ड विकासको बाधक बन्ने कहिले सम्म ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कहिले सुरङ्गमार्ग,कहिले रकनेट भनेर चर्चामा आउने गरेको वुटवल तानसेन सडकखण्ड वर्षा याममा संग सगै पहिरोको उच्च जोखिम बढदै गएको छ । प्रत्येक वर्ष प्रदेश र संघिय सरकारले करोडौ रुपैया खर्चिए पनि दिर्घकालिन रुपमा पहिरो व्यवस्थापनको जोखिम कम हुन सकेको छैन ।

उत्तर दक्षिण , पहाडलाइ तराइसग जोडने , ४ न. प्रदेशको राजधानी र ५न.प्रदेशको राजधानीलाइ जोड्ने एकमात्र यस सडकखण्डमा चट्टाने पहिरोका कारण सडक अवरुद्ध ह्ने मात्र नभइ , वर्षेनी सवारीका साधनहरु दुर्घटनामा पर्दा धेरै ब्यक्तिहरुले ज्यान गुमाउदै आएका छन् ।

सडक बिकासको मेरुदण्ड भनेर भाषण गर्ने माननिय संसदहरु समेत यस सडकखण्डको स्तर उन्नती चुनाबी भाषणमा मात्र सिमित गराएकाले नै यो सडक खण्ड भएर यात्रा गर्ने लाखौ यात्रुले वर्षायाम सगं सगै सास्ती खेप्नु परेको छ ।
वर्षायाम संगसगै माथि बाट माटो रहितको ठुला ठुला ढुंगा खस्दा अवरुद्ध भएको सडकका कारण पाल्पा , गुल्मी स्याङ्गजा पर्वत, वाग्लुङ्ग म्याग्दी जस्ता जिल्लाहरुमा आवगमन मात्र नभइ खाद्यान्न, अत्यावश्क बस्तुको ढुवानी समेत प्रभावीत हुदै आएको छ ।

सडकमा क्षमता भन्दा बढि भारवहन युक्त सवारीका साधन गुड्नु , सडक चुरेपहाडको काखमा हुनु ,चुरे पहाडमा अनाधिकृत रुपमा डोजर चलाउनु जस्ता कारणले सडक उच्च जोखिममा परेको हो ।

आकाशमा कालो बादल देखिनासाथ घनघोर वर्षा हुने र वर्षादले गर्दा अवरुद्ध हुने,सडकमा यात्राका क्रममा सडक आसपासका होटलहरु कोभिड १९ को संक्रमण र भयका कारण बन्द हुदा यात्रुहरु समेत अलपत्र हुने गरेकाछन ।

यो सडकखण्ड अवरुद्धहुदा यात्रुलाइ मात्र नभइ डिभिजन सडक कार्यलय, जिल्ला प्रहरी कार्यलयलाइ समेत सास्ती हुने गरेको छ । यस सडकखण्डमा दर्जनौ ठाउमा पहिरोको कारण सडक अवरुद्ध हुने गर्दछ । केहि दिन अगाडि आएको अविरल वर्षादका कारण सडक अवरुद्ध भएको ४८ घण्टा पछि मात्र सडक सुचारु भएको थियो ।

वर्षादका कारण अवरुद्ध भएको सडक खुलाउने क्रममा , पहिरोको कारण यस वर्षादमा मानविय क्षेती नभए पनि नया नया ठाउमा गएको पहिरो सफा गर्दा गर्दै माथिबाट पहिरो झर्ने क्रम नरोकिदा उच्च जोखिमै कायमै रहेको प्रहरी चौकी प्रभासका प्रमुख एक बहादुर नेपालीले बताए ।

अवरुद्ध सडक समयमा खुलाउन , क्षति कम गराउन सडककार्यलयले यस सडक खण्डका अन्तर्गतका उच्च जोखिमका दुइ स्थानहरुमा पहिरो पन्छाउनका लागि मेसिनहरु तयारी अवश्थामा राखिएको सडक कार्यलयका इन्जिनियर राम विहारी चौधरी बताउछन ।

वर्षादमा पहिरो , हिलाम्मे हिउदको समयमा धुलाम्मे हुने यो सडक पाल्पाको आर्थिक बिकासको बाधक समेत भएको देखिएको छ । स्तर उन्नती र सुरक्षीत यात्राका लागि पहल नगर्ने हो भने जिल्लाको आर्थिक गतिविधि प्रत्यक दिन खस्कदै जाने छ । त्यसका लागि सबै पक्षको ध्यान जान जरुरी छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *