रुकुम घटना प्रतिवेदन हस्तान्तरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अन्तरजातीय बिहेको विवादमा भएको दलित युवक हत्याबारे छानविन गर्न गठित संसदीय छानविन विशेष समितिले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक देवेन्द्र पौडेललेसोमबार सिंहदरबारस्थित संसद सचिवालयमा नै पुगी सभामुख सापकोटालाई स्थलगत छानविन प्रतिवेदन बुझाएको हो । सांसदहरुले उक्त घटनाबारे संसदीय छानबिन हुनुपर्ने माग गरेपछि गत जेठ २६ गते बसेको प्रतिनिधिसभा बैठकले सांसद पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । एक महिनाको समय पाएको बिशेष समितिले घटनास्थलमा पुगी दुईपक्षसंग सोधपुछ समेत गरेको थियो ।

समिति संयोजक पौडेलले छानविन, अध्ययन र अवलोकन गरि प्रतिवेदन तयार रहेको जानकारी दिनुभयो । जेष्ठ ३१ गते काठमाडौंमा बैठक बसि समिति घटना घटेको स्थानका अवलोकन गरि सवै पक्षको धारणा बुझ्न छलफल समेत गरिएको उनले बताए ।

प्रतिवेदन बुझ्दै सभामुख सापकोटाले प्रतिवेदनको अध्ययन गरि यसलाई अघि बढाइने जानकारी दिए । सदन नचलेको अहिलेको अवस्थामा यसलाई कार्यान्वयनमा लैजान प्रतिवद्ध रहेको उनले बताए ।

प्रतिवेदन सार्वजनिक नगरिएपनि पश्चिम रुकुमको चौरजहारी हत्याकाण्ड जातीय भेदभाव र छुवाछुतका कारण भएको निष्कर्ष निकालिएको एक सदस्यले जानकारी दिए । प्रेमिकासँग विहे गर्न भनी रुकुमको चौरजहारी नगरपालिका सोती आएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु केटी पक्षका आफन्तको आक्रमणबाट मारिएका थिए । उक्त घटनामा ६ जनाको मृत्यु भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *