रिलायन्स लाईफ इन्स्योरेन्सको सेयर ५ लाख ६७ हजार जनाले पाए,कतीले पाएनन् ?

गत भदौ ४ गतेदेखि निष्काशन गरेको रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ६७ हजार जनाले प्राप्त गरेका छन् ।शुक्रबार अबेर बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँड भएको सेयर २० हजार ५०९ जनाले शेयर पाएउन सकेनन् ।धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार आबेदद गर्दा सबै प्रकृया पूरा गरेका योग्य आबेदकलाई न्युनतम १० कित्ताका दरले गोलाप्रथाबाट आईपीओ बितरण गरिएको थियो ।
कम्पनीको आईपीओका लागि ५ लाख ८९ हजार ४६४ जनाले आबेदन दिएकोमा १ हजार ९५५ जनाको आवेदन रद्द भएको थियो । बाँकी रहेका ५ लाख ८७ हजार ५०९ वटा योग्य आवेदलाई गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको थियो ।कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता शेयर निष्काशनमा ल्याएकोमा सामुहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि ३ लाख १५ हजार कित्ता शेयर छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।