राहातको खाद्यान्न खोलामा वगाउने ६ मध्य १ पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना वाट प्रभावित समुदायलाई वितरण गर्न लैजादै गरेको खाद्यान्न खोलामा वगाउने ६ जना अभियुक्त मध्य १ जना पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यलय वुर्तिवाङका प्रमुख प्रहरी निरिक्ष प्रकाश सिह भण्डारीको टोलीले ढोरपाटन नगरपालिका वडा नम्वर ४ का उमेश वुढाथोकीलाई पक्राउ गरेको हो ।

बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कै निर्देशनमा गाउँका गरिब तथा बिपन्न बर्गका लागि बाड्न लग्दै गरेको करिब १ लाख बराबरको राहत जबर्जस्ती खोसेर खोलामा बगाएको आरोपमा जिल्ला प्रहरी कार्यलय बागलुङले ६ जना विरुद पक्राउ पुर्जी जारी गरेको छ । घटनामा संलग्न रहेर फरार रहेका वडा सदस्य सहितका वाकी ५ जनाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्ष राजेन्द्र रेग्मीले जानकारी दिएकाहुन ।

रोजगारीका लागी बिदेशमा रहेका युवाहरुले ढोरपाटन नगरपालिका ४ खुँगाका जनतालाई राहत वितरणका लागी पठाएको करीब एक लाख रुपयाँ बराबरको खाद्यान्न सामाग्री उत्तिसिन खोला घाटमा बगाईएको थियो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *