राष्ट्रिय सभामा खतिवडा कि गौतम ? आज टुंगो लाग्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक विहिबार बस्दैछ। बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको छ।पार्टीभित्र देखिएको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनलाई दुवै अध्यक्षले सचिवालयमा पेश गर्ने कार्यसूची बैठकको छ।

आजको बैठकले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने वा डा। युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने विषयमा टुंगो लगाउने अपेक्षा गरिएको छ।प्रधानमन्त्री केपी शर्मा ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन्। तर, यस विषयमा पार्टीभित्र सहमति बन्न सकेको छैन। पार्टी उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जान तयार रहेको बताएपछि ओली यतिखेर संकटमा परेका छन्। यस विषयमा टेलिफोन गरेरै केही दिनअघि गौतमले प्रधानमन्त्रीलाई पनि जानकारी गराएका थिए।

१४ फागुनमा पार्टीको सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो। तर, ओलीले उक्त निर्णय कार्यान्वयनमा अग्रसरता नदेखाएपछि हालसम्म ६ महिनादेखि राष्ट्रिय सभाको एक सदस्य पद रिक्त छ।सचिवालय बैठक बस्नुअघि बुधवार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा करिब २ घण्टा छलफल गरेका थिए। कार्यदलको प्रतिवेदन, सचिवालय बैठकको तयारी र राष्ट्रिय सभाको सदस्यमा गौतम वा खतिवडा कसलाई पठाउने भन्ने विषयमा छलफल भएको थियो।

तर, दुई अध्यक्षबीचको छलफलमा सहमति जुट्न भने सकेन। आज बस्ने सचिवालयको बैठकमा नै यस विषयमा छलफल गर्ने र त्यसैबाट निर्णयमा पुग्ने कुराकानी भएको थियो।

दाहालसँग राष्ट्रिय सभाको सदस्यमा कसलाई पठाउने भन्ने सहमति जुट्न नसकेपछि ओलीले लगत्तै उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका थिए। तर, ओली–गौतम भेटमा पनि गौतमले आफूलाई राष्ट्रिय सभामा सिफारिस गर्नुपर्ने अडान राखेका थिए।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्य भएका खतिवडाको गत २० फागुनमा नै पदावधि सकिएको थियो। उनले सोही दिन मन्त्रीबाट राजीनामा दिएर २१ गते पुनः सपथ लिएका थिए। संवैधानिक व्यवस्था अनुसार सांसद नभएको व्यक्ति पनि मन्त्री बन्न पाउँछ। तर, ६ महिना भित्रमा भने उसले सदस्य भइसक्नुपर्ने नभए राजीनामा दिनुपर्ने हुन्छ।

खतिवडा सांसदबिनै मन्त्री भएको पनि २० भदौंमा ६ महिना पुग्दैछ। त्यसैले पनि खतिवडालाई निरन्तरता दिने हो भने उनी राष्ट्रिय सभा सदस्य भइसक्नुपर्ने छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *