राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन गर्ने भएको छ । बोर्डले देशभर मंसिर ९ गतेबाट परीक्षा संचालन गर्न लागेको हो । परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म संचालन हुनेछ । स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गर्न लागिएको बोर्डले जनाएको छ ।

शनिबार पनि परीक्षा सञ्चालन गरेर मंसिर १६ गते सक्ने तयारी गरिएको छ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *