राष्ट्रियताको सवालमा सरकार ‘अन्टसन्ट’ गर्दैन : सञ्चारमन्त्री बाँस्कोटा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौँ– सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सीमा विवादलाई सरकारले गम्भीरतापूर्वक लिएर समाधानको कोशिस गरिरहेको दाबी गरेका छन्।

बास्कोटाले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेको विषयप्रति ‘कुटनीतिक नोट’ भारत सरकारलाई पठाइएको जानकारी दिएका हुन्।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बास्कोटाले सीमा विवाद सुल्झाउनका लागि सरकारले ठोस प्रमाण संकलन गरिरहेको जानकारी दिए। उनले भने, ‘सीमाको विवाद गम्भीर विषय हो। यसमा अन्टसन्ट चल्दैन। आवश्यक प्रमाण सरकारले संकलन गरिरहेको छ।’

बास्कोटाले आवश्यक परेको अवस्थामा बेलायतबाट समेत प्रमाण ल्याउन सरकारले पहल गर्ने जानकारी दिए। सुगौली सन्धि तत्कालीन इष्ट इण्डिया कम्पनीसँग भएको र त्यसको सक्कल कागजात बेलायतमा रहेको दाबी गर्दै उनले आवश्यक परे त्यसलाई ल्याउने बताएका हुन्।

मन्त्री बास्कोटालेले सरकार एक इन्च भुमि अर्कोको लिने र एक इन्च दिने पक्षमा नरहेको जिकिर गरे। ‘हामी हाम्रो भूमी एक इन्च कसैलाई दिन चाहँदैनौं। अरुको पनि चाहिँदैन। सीमा एकीन गर्न सरकारले तीन महिनाको समय दिएर समिति गठन गरिसकेको छ’, बास्कोटाले भने।

उनले सरकारले रुसी राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएको पुष्टि गरे। नेपाल अन्तर्राष्ट्रिय मञ्चमा सुनिन थालेको दाबी गर्दै उनले विदेशी राष्ट्र प्रमुखहरुलाई निम्त्याउने उल्लेख गरे।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *