राष्ट्रवादको नाटक मञ्चनलाई गतीलो जवाफ दिन भक्तपुरमा कांग्रेसले जित्नुपर्छ : नविन्द्रराज जोशी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भक्तपुर नेपाली कांग्रेसका केन्द्रिय सदस्य नविन्द्रराज जोशीले मंसिर १४ हुन गइरहेको उपनिर्वाचनमा भक्तपुर क्षेत्र १ प्रदेश ख मा प्रदेश सभा सदस्य निर्वाचनमा भक्तपुरको जनताले आफ्नो कला संस्कार संस्कृति र परम्परालाई जोगाउन रुखमा मतदान गर्दै कृष्ण भँडेललाई जिताउन आग्रह गरेका छन् ।

घरदैलो कार्यक्रमकालागि कमलविनायक आइपुगेका जोशीले भक्तपुरको एक सिट जित्दैमा कांग्रेस सत्तामा र कम्युनिष्टको बहिर्गमन हुने होइन भन्दै यो उपनिर्वाचमा कृष्ण भँडेलले भक्तपुरबाट जित्दै गर्दा नपाली जनताले सरकारलाई सच्चिन चेतावनी दिएको भन्ने सन्देश प्रवाहित हुने बताए । कृष्ण भँडेल प्रदेश सभा जाँदै गर्दा भ्रष्टचारमा रुमल्लिएको सरकारलाई एउटा कडा झापट सावित हुने समेत जोशीले बताए ।

फरक प्रसंगमा जोशीले सरकारले काममा राष्ट्रियता देखाउनुपर्नेमा बोलेर आफू महान् राष्ट्रवादि भएको नाटक मन्चन गरिरहेको आरोप लगाए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *