राष्ट्रबैंकले यसपालिको दसैंमा नयाँ नोट वितरण नगर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल राष्ट्र बैंकले यो वर्षको दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । नयाँ नोट वितरण गर्दा हुने भीडभाडले कोरोना संक्रमण बढ्ने भएकाले यस पटकको दसैंमा नयाँ नोट वितरण नगर्ने योजना बनाएको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ ।

राष्ट्र बैँकमै डेपुटी गभर्नरसहित विभिन्‍न विभागका कर्मचारीलाई कोरोना संक्रमण भएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले पनि कोरोना जोखिमलाई मध्यनजर गर्दै सीमित कर्मचारीबाट मात्रै सेवा दिइरहेका छन् ।

यस्तो अवस्थामा नयाँ नोट वितरण गर्दा भिड हुने र त्यसले कोरोना संक्रमणको जोखिम झनै बढाउने भएकाले नयाँ नोट वितरण नगर्ने निर्णयमा पुगेको ती अधिकारीले बताए ।

‘हामी अहिले पनि छलफलकै क्रममा छौं तर पनि यो वर्ष नयाँ नोट वितरण नगर्ने योजनामा छौं’, ती अधिकारीले भने, ‘कोभिडको उच्च जोखिमले गर्दा भिड गर्ने अवस्था छैन । त्यसैले नयाँ नोट वितरण हुने सूचना आगामी साताभित्रै सार्वजनिक गरेर जानकारी गराउनेछौँ ।’ राष्ट्र बैंकसँग नयाँ नोट भने पर्याप्त रहेको पनि ती अधिकारीले जानकारी दिए।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *