राष्ट्रपति भण्डारीले गरिन पशुपतिनाथकाे दर्शन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गर्नुभएको छ ।

महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर करिब १५ मिनेट आराध्यदेव शिवको विशेष पूजाआजा गर्नुभएको हो । नेपालका राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार उहाँले पशुपतिनाथको दर्शनसँगै पुजाआजा गर्नुभएको हो । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजाआजा गर्नुभयो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले पनि पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभयो । राष्ट्रपति उपस्थित हुने भएपछि पाशुपत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *