राष्ट्रपति द्वारा भत्तपुरको नवदुर्गामा पुजाआजा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजार्चना गर्नुभएको छ ।

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले आइतबार अपरान्ह मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गर्नुभयो । । राष्ट्रपति भण्डारीलाई नवदुर्गा मन्दिरका नाइके कृष्णकुमार वनमालाले नवदुर्गाको दर्शन गराएर नवदुर्गा भवानीको टीका र प्रसाद प्रदान गर्नाका साथै नवदुर्गाको मूर्तिसमेत अवलोकन गराउनुभएको थियो ।

सो क्रममा राष्ट्रपति भण्डारीले मन्दिर प्राङ्गणमा नवदुर्गा नाच अवलोकन गर्नुभएको थियो । विगत वर्षमा राष्ट्रपतिले नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका तथा प्रसाद ग्रहण गरी फर्कने गरेकामा यस वर्ष भने नाचसमेत अवलोकन गराईएको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *