राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन्।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिले अधिवेशन अन्त्य गरेकी हुन्।

बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य हुनेछ।संविधानको धारा ९३ (२) मा राष्ट्रपतिले संघीय संसदको दुवै वा कुनै सदनको अधिवेशनको अन्त्य गर्न सक्ने व्यवस्था छ।

चालू अधिवेशन गत वैशाख २६ गतेदेखि सुरु भएको हो। यसबीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको थियो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *