रामेछापमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रामेछाप । रामेछाप जिल्लामा राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ताको काम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापमा बिहिबारबाट सो कार्यको सुरुवात भएको हो ।

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले विवरण दर्ता गराएर सो कार्यक्रम शुभारम्भ गरेकाहुन ।
नागरिकका सबै प्रकारका सूचना र विवरण एकिकृत रुपमा व्यवस्थापन गर्ने उद्देश्यले सरकारे राष्ट्रिय परिचयपत्र लागु गर्दै छ । सरकारले दुईवर्ष भित्र देशभरि राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष लिएको छ । सोही अनुसार रामेछापमा पनि विवरण संकलनको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।

प्रजिअ शर्माले हाललाई जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकता बनाउने आउने र कागजात लिएर आउने अन्य नागरिकको पनि विवरण संकलन गरिने बताए । राष्ट्रिय परिचयपत्र बनाउन नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्दछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *