रामेछापको लिखु तल्लो आयोजनाको साठी प्रतिसत निर्माणकार्य सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछापको लिखु तल्लो आयोजनाको साठी प्रतिसत निर्माणकार्य सम्पन्न रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनाको करिव ६० प्रतिशित निर्माणकार्य पुरा भएको छ ।

सो आयोजना कुल २८.१ मेघावाट क्षमताको रहेको छ । स्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन कम्पनीले विभिन्न वित्तय संस्थाहरुको लगानीमा सो आयोजनाको निर्माण गरि रहेको छ । आयोजनाका प्रतिनिधि वसन्त पौडेलका अनुसार अहिले लिखु खोला किनासरको ढाँडे स्थित ड्याम साइडमा वाँध, फिल्टर गर्ने स्थान तथा टनेल निर्माणको काम भई रहेको छ । भूमिगत मार्गबाट ५ किलोमिटर सुरुङ खनि सैपु ढाँडेबाट बिजुलीकोटको रातमाटा मुनि लिखु खोलाको पानी लगित विद्युत गृहमा खसाल्ने सो आयोजनाको सुरुङ निर्माणको काम तिब्र गतिमा अघि बढी रहेको छ । पाँच किलोमिटर सुरुङ मार्ग मध्ये २ हजार ७ सय मिटरभन्दा बढी सुरुङ खन्ने काम पुरा भई सकेको पौडेलले बताए । विभिन्न ६ स्थानबाट सुरुङ निर्माणको काम भई रहेको छ ।

आगामी २०७८ सालको मंसिर महिनामा विद्युत उत्पादन गर्ने लक्ष लिएको यो आयोजनाको निर्धारित समयमौ काम पुरा हुने पौडेलले बता । आयोजना निर्माणका काम २०७२ सालबाट सुरु भएको हो । आयोजनाको प्रवर्द्धक स्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन कम्पनीले विभिन्न बैक तथा वित्तिय संस्थाको लगानिमा निर्माण कार्य गरि रहेको छ ।

आयोजना निर्माणको लागि अगुवाई गर्ने लक्ष्मी बैकले १ अर्ब २४ करोड, कुमारीले १ अर्ब, सेन्चुरीले ७५ करोड, प्रभू बैंकले ४० करोड र जलविद्युत् लगानी तथा विकास कम्पनीले ८० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । बैंक तथा वित्तीय संस्थाले गर्न लागेको ऋण लगानी कुल लागतको ७५ प्रतिशत हो । ५ अर्ब ५९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १ अर्ब ४० करोड स्वपुँजी लगानी रहनेछ ।

२०७८ मंसिरमा सम्पन गर्ने लक्ष्य राखिएको आयोजना पूरा भएपछि वार्षिक १७ करोड ८४ लाख युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाले वार्षिक ९२ करोड रुपैयाँ आम्दानी गर्नेछ । जनलविद्युत आयोजनामा रामेछापवासीले पनि सेयर हाल्न पाउने भएका छन् । सो आयोजनाले रामेछाप र दोलखाको लिखु भेगको आर्थिक विकासमा सहयोग पुग्ने पुर्व सासद देवशंकर पौडेल बताउछन् ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *