रानीपोखरी पुनर्निर्माणको काम ९० प्रतिशत सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रासस – रानीपोखरी पुनर्निर्माणको काम ९० प्रतिशत सकिएको छ ।गएको वैशाखमै काम सक्नुपर्ने भए पनि अझै १० प्रतिशत काम बाँकी रहेको छ । चैत ११ गतेदेखि भएको लकडाउनका कारण काम अघि बढ्न सकेको थिएन । पुनर्निर्माणको काम अन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुरको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

अहिले ३२ जना कामदारले काम गरिरहेका छन् । आउँदो असोजसम्म निर्माणकार्य सक्ने गरी काम भैरहेको प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको काम हेर्दै आएका राजुमान मानन्धरले बताउनुभयो । लकडाउनअघि ६० जना कामदारले दैनिक रुपमा काम गरिरहेका थिए । गएको साउन दोस्रो हप्ता नै पोखरी निर्माणको काम सकिएको थियो । तर पानी राख्न भने समय लाग्ने भएको छ ।

अहिले पोखरीमा आकासको पानी मात्र राखिएको छ । दरबार हाइस्कुल र त्रिचन्द्र कलेजबाट आकाशको पानी सङ्कलन गरी पोखरीमा राखिएको छ । पोखरी भर्न आवश्यक पर्ने पानी कहाँबाट राख्ने भन्नेबारे छलफल भइरहेको प्राधिकरणका सम्पदा विज्ञ मानन्धरले बताए ।

बोरिङ्मार्फत पानी ल्याउने तयारी भए पनि स्थानीय बासिन्दा र सम्पदा विज्ञहरुको असहमति छ । २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम सक्न ढिला भैरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *