रानीपोखरीमा पानी भरियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विनाशकारी भूकम्पपछि पूर्ननिर्माण गरिएको रानी पोखरीमा आईतबार साढे ३ करोड लिटर पानी जम्मा गरिएको छ ।

आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले ई.सं. १६६५मा उक्त पोखरी निर्माण गरेका थिए । पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए । एकसय असी मिलर लम्बाइ र १४० मिटर चौडाइ रहेको सो पोखरीले ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको छ । विसं १९९० को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिएका थिए ।

वि.सं. २०७२ साल बैशाख १२ गतेको आएको बिनाशकारी भुकम्पमा मन्दिरको गजुर सहित मन्दिर क्षति भएको थियो । भुकम्प गएको एक वर्ष पाछि २०७३ बैशाख १२ गते राष्ट्रपति बिद्यादेबि भण्डारीले पुनःनिर्माण कार्षको सिलन्यास गरेकी थिइन् ।

राजा प्रताप मल्लको पालामा बनेको उक्त पोखरी प्रधानमन्त्री ओलीको पालामा तेस्रो पटक पूर्ननिर्माण गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *