रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा भएको सर्वपक्षिय छलफलका क्रममा रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको हो ।

सहमतिअनुसार रातो मच्छिन्द्रनाथ रथ राखिएको स्थानमा क्षमा पूजा गरिने , भाद्र २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तानिने भएको छ । त्यस्तै भाद्र २२ गते साइत हेर्ने र २६ गते भित्र मूर्ति बुङ्गमतीमा पुर्याएर मन्दिरमा बिराजमान गराउने तय भएको छ । बैठकमा रातो मच्छिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधिसहित ललितपुरका सांसद, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।

कुनै अप्रिय घटना हुन नदिन ललितपुर प्रशासनले ललितपुर महानगरभित्र कर्फ्य जारी गरेको छ भने रातो मच्छिन्द्रनाथको रथ वरपर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *