राजस्थानले हरायो हैदराबादलाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आइपिएल मा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । युवा अलराउन्डर रियान पराग र राहुल टेवाटियाको उत्कृष्ट प्रर्दशनमा राजस्थानले हैदराबादमाथि ५ विकेटले जित दर्ता गराएको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा जितका लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले एक बल अगाडि ५ विकेटको क्षतिमा भेट्याएको हो । पराग ४२ रनमा र टेवाटिया पनि ४५ रनमा अविजित रहे । यस्तै सन्जु सामसनले २६ रन जोड्दा रोबिन उथप्पाले १८ रन बनाए । जोस बट्लरले १६ रन जोडे ।

बेन स्टोक्स ५ रनमा आउट भए भने कप्तान स्टिभ स्मिथ ५ रनमा रन मात्र जाडे । हैदराबादका स्पिनर राशिद खानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । खलिल अहमदले ३.५ ओभरमा ३७ रन खर्चेर २ विकेट हात पारे । त्यसअघि टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । हैदराबादका मनिष पान्डेले ५४ रनको योगदान दिए भने केन विलियम्सन २२ रनमा अविजित रहे । प्रियम गर्ग १५ रन र जोनी बेयरस्टो १६ रनमा जाडेका थिए ।

यस्तै आर्चरले वार्नर ४८ रनमा बनाएका थिए । यस्तै जोफ्रा आर्चर, जयदेव उनादकट र कार्तिक त्यागी १ विकेट लिएका थिए । यो सँगै राजस्थान ७ खेलमा ३ मा जित र ४ मा हार सहित छैटौं स्थानमा उक्लिएको छ । हैदराबाद ७ खेलमा ३ मा जित र ४ मा हार सहित पाँचौ स्थानमा छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *