राजपुर हत्याकाण्डको आरोपी नेता आफताब आलमलाई छुटाउने प्रयासमा सभापति देउवा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली काग्रेसको सभापति शेर बहादुर देउवाले राजपुर हत्याकाण्डको आरोपमा पक्राउ परेका पूर्व मन्त्री, रौतहट क्षेत्र नंं २ का साँसद आफताब आलमलाई छुटाउन आफुले प्रयास गरि रहेको बताएका छन ।

पुरानो झुठा मुद्दाहरुमा नेता महम्मद आफताव आलमलाई फसाइएकोले उनलाई आफ्नो किसिमबाट छुटाउन लागिरहने सभापति देउवाले बताएका हुन । बम विष्फोटगरी मान्छे मारेको आरोपमा पक्राउ परेका आलमलाई अदालतले पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिए पछि हाल उनी कारागारमा रहेका छन । रौतहटको गढीमाई नगरपालिकाको वडा नं. ६ धरमपुर सिंगारवनमा विष्णु पुराण महायज्ञको बुधवार उदघाटन गर्दै अध्यक्ष देउवाले आफताब आलमको पक्षमा बोलेका हुन ।

सभालाई सम्बोधन गर्दै उनले दुई तिहाई जनताको मत पाएर पनि सत्ता संचालन गर्न नसकेको बेला नेपाली काँग्रेसले निकास दिन तयार रहेको बताए । “आवश्यक्ता पर्यो भने देशको नेतृत्व लिन कागे्रंस तयार हुन्छ ।” कार्यक्रममा देउवाले भने “देशलाई अनिर्णयको वन्दि बनाएर आपसी गुटवाजी गर्दा जनताले दुःख पाएका छन ।” जुनसुकै परिस्थिति र अन्यौलपूर्ण अवस्थामा पनि चुनौतीलाई व्यवस्थापन गर्दै देशलाई निकास दिन कागे्रंस अघि बढने उनले बताए ।

फागुन १९ गते देखि लिएर २९ गते सम्म संचालन हुने विष्णु पुराण महायज्ञ मेलामा विभिन्न खेल तमाशा, रासलिला, रामलिला, सहितको विभिन्न झाकीहरु प्रदर्शन गर्न भारतबाट कलाकारहरु आएको गढीमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए । उदघाटन कार्यक्रममा सभापति देउवालाई नगरपालिकाको तर्फबाट १०५ किलोको माला लगाएर स्वागत गरिएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *