राजपुर बमकाण्डका घाइतेले बिहारमा गराएका थिए उपचार, यस्तो छ उनीहरुको बयान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

२०६४ चैत्र २७ गते राजपुर ४ मा रहेको शेख इद्रीसको घर गोठमा भएको बम विष्फोटमा परी घाइते भएका मध्ये तिन जनाको उपचार भारतको बिहारमा भएको तथ्य फेला परेको छ । बम विष्फोटमा परी घाइते भएका गौरी शंकर रामको बयानले घटना भएको पुष्टी गरेको छ । उनले प्रहरीको बयानमा भनेका छन “चैत्र २७ गते बेलुकी अन्दाजी ६:३० बजेको समयमा घटनास्थल राजपुर फरहदवा शेख इद्रीशको गाई बस्तु बाध्ने गोठघर अगाडी आइ पुग्दा धेरै मानिसहरु थिए र सो सो गोठघर भित्र १५–१६ जना मानिसहरु बसेको कुरा गोठघरको ढोका खुल्ला भएकाले देखेको हुँ ।” रामले भनेका छन “अचानक बम विष्फोट भएको ठूलो धमाका आएको र सो बमको टुक्रा, छर्राहरुले मेरो कान, घाटी, छाती समेतमा गम्भीर घाउ चोट लागी रगत बगेको, विष्फोटनमा परी २–३ जनाको मृत्यु भएको र धेरै जना मानिसहरु गम्भीर घाइते भइ जोडले रुदै कराउदै गरेको देखेको हुँ ।”
घटनस्थलमा रहेका कारण विष्फोटनमा परे पछि आफु घाइते भएर सो ठाँउ बाट झण्डै सात सय मिटर टाढा सम्म भागे पछि बेहोस भएर लडेको र पछी होसमा आउदा भारत बिहारको सितामढीमा रहेको सितामढी सदर अस्पतालको बेडमा भर्ना भएको अवश्थामा रहेको रामले बताएका छन । “अस्पतालमा १५–२० दिन पछि मात्रै होस मा आउदा आफूलाई कसले अस्पताल ल्याएको भनेर मैले आमालाई सोधेको थिए । त्यो बेला मेरो पिसाब नली, नाक, मलद्धार समेतमा पाइप लगाएको तथा घाटी, छाती र अनुहारमा समेत पट्टी बाधेको अवश्थामा थिए ।” प्रहरी सँगको बयानमा गौरी शंकर रामले भनेका छन “जिंगडीयाका बद्री रामले मलाई अस्पताल पु¥याएको कुरा मलाई आमाले बताइकी थिइन ।”
बिहारको सो अस्पतालमा उपचारको क्रममा रहदा राजपुर कै बम विष्फोटमा परी घाइते भएका नरेश राम र विकाउ रामको पनि सो अस्पतालमै उपचार भइरहेको उनले बताएका छन । घाइते नरेश र विकाउ रामले पनि आफूहरु पनि सोही विष्फोटमा परी घाइते भएको कुरा उनीहरुले बताएको समेत बयानमा उल्लेख गरिएको छ । गौरी शंकर राम र सफि महम्द सो बेला बम विष्फोटमा परी जिवीत रहेका प्रत्यक्षदर्शी हुन ।
विष्फोट लगतै प्रहरी निरिक्षकको सरुवा
निर्वाचनका लागी खटिएर इलाका प्रहरी कार्यालय राजपुर पुगेका तत्कालीन प्रहरी निरिक्षक इन्द्र प्रसाद सुवेदीलाई विष्फोटको घटनास्थल तर्फ जान नदिएर प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेले जिल्ला प्रहरी कार्यालयमा तुरुन्त हाजिर हुन बोलाएका थिए ।
हाल डिएसपी रहेका इन्द्र प्रसाद सुवेदीले आफुलाई तत्कालीन एसपी लक्ष्मण न्यौपानेले घटनास्थल नजान र तुरुन्त जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन संचार सेट मार्फत भनेको बयान दिएका छन । “बेलुकी विष्फोटको धमाका सहित पश्चीम तर्फ बाट कालो धुँवाको मुश्लो आए पछि म घटनास्थल तर्फ जान तयार भएको थिए । विष्फोट भएको शेख इद्रिसको घर इलाका प्रहरी कार्यालय भन्दा झण्डौ एक डेढ किलोमिटरको दुरीमा थियो ।” डिएसपी सुवेदीले बयानमा भनेका छन “तत्कालै मोबाइल टोली लिएर निस्केर अली अगाडी पुग्ना साथ एसपी न्यौपानेले संचार सेट बाट घटनास्थलमा अर्कै टोली जान्छ, तपाई जिल्ला प्रहरी आउनुस भन्ने आदेश आएको थियो ।”
एसपीलाई घटनाको रिपोर्टिङ्ग गरे पनि अर्को टोली पठाउला भन्दै आफूलाई फिर्ता बोलाइएको उनले प्रहरीलाई बयान दिएका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *