राजधानी काठमाडौँ उपत्यकामै ५४ जनामा कोरोना पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

राजधानी काठमाडौं उपत्यकामै थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

नयाँ संक्रमितमा काठमाडौंका २४ जना, भक्तपुरका १० जना र ललितपुरका २० जना गरी जम्मा ५४ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै सोमबार देशभरमा १८० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबार थप २६४ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसहित कोरोना निको हुनेको संख्या ६ हजार ८११ पुगेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *