राजधानीको ढुंगेधारामा बम विस्फोट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं – काठमाडौं स्वयम्भूस्थित ढुंगेधारामा बम विस्फोट भएको छ। बुधबार साँझ ढुंगेधारामा अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीको भनाइ छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले विस्फोट भएको खबर आएको जानकारी दिए। सुवेदीले आफू घटनास्थलमा जाँदै गरेको बताए।

प्रहरीले अज्ञात समूहले विस्फोट गराएको बताए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि आशंका गरेको छ। सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यो समूहका सयौ नेता पक्राउ परेका छन्।

लुवाटार स्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लिने काण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *