रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा आगलागी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रसुवा रसुवागढी जलविद्युत् आयोजनाको ड्याम साइडमा रहेको सिभिलतर्फको स्टोरमा आगलागी भएको छ । आगलागीले त्यहाँ करिब १ करोड रुपयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

सोमबार राति ११ बजेर ५ मिनेट जाँदा आगलागी भएको हो । स्टोरमा रहेका प्लाइउड, पिभिसी पाइप, बेडिङ लगायतका सामग्री जलेका छन् । आयोजनाका अनुसार राति साढे ११ बजे आगो नियन्त्रणमा आएको थियो ।

छोटो समयमा नै आगो नियन्त्रणमा लिन सकिएका कारण थप क्षति हुनबाट जोगिएको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी नभएको प्रारम्भिक अनुमान छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *