रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

टेलीभीजन कार्यक्रम संञ्चालक रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफू र पत्नी निकितालाई संक्रमण भएको लामिछानेले बिहीबार सामाजिक संजालमार्फत जानकारी गराएका छन्।मंगलबार रातीबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर परीक्षण गराउँदा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले जनाएका छन्।

गत मंगलबार रातीबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य अवस्था हाल सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्ने उनले बताएकाछन् ।

घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं,उनले फेसबुकमा लेखेका छन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *