रञ्जन कोइरालालाई जेलमुक्त गर्ने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन गर्न अनुमति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सर्वोच्च अदालतले पूर्वडीआईजी रञ्जन कोइरालालाई जेलमुक्त गर्ने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ ।

सर्वोच्च अदालतले पूर्वडीआइजी रन्जन कोइराला जोडिएको फैसलाको पुनरावलोकनको लागि आइतबार तीन सदस्यीय इजलास गठन गरेको थियो । न्यायाधीश बमकुमार श्रेष्ठको नेतृत्वमा तोकिएको इजलासमा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी रहेका थिए । उक्त इजलासले सरकारको तर्फबाट पेस भएको निवदेनको सुनुवाई गरी फैसलाको पुनरावलोकनका लागि अनुमति दिएको सर्वोच्चले जनाएको छ ।

महान्यायाधीवक्ताको कार्यालयले विहिबार पुनरावलोकन हुनुपर्ने भन्दै निवेदन दर्ता गरेको थियो । सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *