रंगेली अस्पतालका ७ डाक्टर हरु माथि कार्वाहीको सिफारिस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कार्तिक ६ गते बिहीबार मध्यरातमा नर्सिङ कुवाटरमा रंगेली अस्पताल परिषर भित्र चिकित्सकहरुले मदिरा सेवन गरेको र बाहिरी चिकित्सक सहित निजी औषधी व्यापारीलाई राखेर मदिरा खाएर मनोरञ्जन गर्ने गरेको खवर केहि सात अगाडि विभिन्न अनलाइनमा खवर प्रसारण सम्प्रेषण भए पछि कार्तिक ७ गते डाक्टर हरु कोरोना माहामारी को समयमा डिउटि रोष्टम छाडेर समेत भागेका थिए ।

सो बिषयको चौतर्फि आलोचना भए पछि रंगेली नगरपालिकाले १३ गते डिउटि रोष्टम छाडेर भागेका सात जना डाक्टरहरु लाई कार्वाही गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाई सिफारिस गरेको छ । नगरपालिकाले अस्पतालमा कार्यरत डा. सुनिल कुमार चौधरी, डा. रोशन झा, डा. लक्ष्मि नारायण कामत , स्टाफ नर्स वर्षा श्रेष्ठ, अनिता कुमारी मेहता , अनमी यशोदा भण्डारी र आस्मा माझीलाई समेत नगरपालिकाले उनी हरुलाई कार्वाहीको लागि सिफारिस गरेको नगरपालिकाका मेयर दिलिप बगडियाले जानकारी दिएकाछन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *