रंगेलीमा एक साता भित्र ५२ जना कोरोना सङ्क्रमित भेटिएपछि बजार सुनसान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मोरङको रंगेली नगरपालिका भित्र को मुख्य बजार क्षेत्रकोे बडा नम्बर ७ मा अहिलेसम्म ३८ जना कोराना पोजेटिब फेला परेका हुन । एक सात भित्र नगरभित्र ५२ जना कोरोना पुष्टि भएको छ । एउटै घर को १४ जना सङ्क्रमित भेटिए पछि रंगेलीमा त्रास फैलएको छ ।

वडा नम्बर ७ मा अहिलेसम्म ३८ जना कोरोना पोजेटिव फेला परेका छन् । रंगेलीको बडा नम्बर २, ८,६,५ र ४ गरि १४ जना संक्रमित रहेका छन । शुक्रबार फेला परेका ३० जना संग कन्ट्याक्ट्मा रहेकाहरुको आज तेस्रो चरणको स्वाब सङ्कलन गरिने भएको छ । अहिले सम्म रंगेली नगरपालिकाले १४ सय २७ जना को स्वाब परिक्षण गरेको मा ५२ जनालाई कोरोना पोजेटिब फेला परेको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंन्डलले बताए ।

रंगेली मा समुदाय मा कोरोना फैलिए पछि नगरपालिकाले २५ गतेसम्म का लागि वडा नम्बर ७,८ र ९ पुर्ण रुपमा सिल गरिएको छ । भने वडा नम्बर १,२,३,४,५,६ मा भने लकडाउन गरिएको हो । अहिले बजार क्षेत्रमा सडक सुनसान हुने गरेको छ ।

केही महिना अगाडि प्रहरीले चोक चोकमा बसेर सर्वसाधारण हरुलाई घर बाट ननिसक्न आग्रह गर्दा समेत बेवास्ता गर्ने स्थानीयहरु अहिले एक साता भित्र ५२ जना सङ्क्रमित फेला परेपछि बजारमा कोरोना त्रासका कारण घर बाहिर निस्कन छाडेका छन।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *