यौन सम्र्पक गरेको आरोपमा कपाल मुन्डन गरी दिशा खुवाउर्ने प्रहरीको नियन्त्रणमा

सिमकोट गाउँपालिका–७ डाँडाफयाकी २३ वर्षिया भाउजुलाइ २६ वर्षिय देवर गांदिराज शाहीले पटक पटक यौन सम्र्पक गरेको आरोप लगाउँदै दिशा खुवाएको, जुत्ताको माला लगाएको, कप्पाल मुन्डन गरेको, मोसो दलेर गाउँ वरिपरि घुमाएको भन्दै सोही ठाउँका ३० वर्षिय धनबहादुर शाही, ३५ वर्षिय हरिबहादुर शाही, ३१ वर्षिय सेरबहादुर शाही, ३७ वर्षिय नेत्रबहादुर शाही र ३४ वर्षिय मात्विर सिंह लगायतका व्यक्तिलाई असोज १६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
तर आफुहरुले एक आपासमा मोबाईल फोन साटासाट गरेको विषयलाई लिएर गाउँले सबै मिलेर कपाल काट्नुका साथै निर्घात कुटपिट गरेको गांदिराज शाहीले बताए । उनका अनुसार आफुहरु झण्डै एक महिना देखि फोन सम्पर्कमा रहेको भएता पनि १५ गते राति यौन सम्पर्कमा नरहेको भएपनि गाउँले सबै मिलेर कुटेका हुन् ।
हामीले यौन सम्बन्ध राखेको भन्दै असोज १६ गते दिनभर दुबैजनालाई जुताको माला लगाएर गाउँ घुमाउनुको साथै प्रहरी नपुग्दा सम्म कुटपिट गरेको दुबैजनाको भनाई छ ।शाहीका अनुसार आफू आफन्त नेत्र नाम गरेको घरमा सुतेको , श्रीमान लेकतिर गएको तर राति २ बजे तिर आएर श्रीमान सँगै सुतेको बताए । तर देवरसंग घर नजिकैबाटोमा मोबाइल चलाउने क्रममा मोबाइल साटिएको रहेछ, बिहान थाहा भयो त्यहि विषयलाई लिएर आफुहरुलाई गाउँका सबैले कुटपपट गरेको उनको भनाई छ ।
श्रीमानले कपाल काट्यो, बाटोमा भएको दिशा खुवायो । पुरुष र महिला दुबै जनाको कपाल काट्नुका साथै निधार, हात, र तल्लो शरिरमा निर्घात कुटपिट गरेको देखिएको छ ।
श्रीमान गाउँहरुले ती दुबै जनाले अनैतिक काम यौन सम्बन्ध राखेर रंगेहात भेटाएको आरोपितले बताउने गरेका छन् । उनका अनुसार आफुहरुले कपाल काटेको, कुटपिट गरेको तर दिशा नखुवाएको , जुत्ताको माला नलगाएको बताउँछन् ।
पीडितलाई कुटपिट गरि विभिन्न किसिमका अपराधीक घटना घटाएपछि आरोपितलाई हाल प्रहरीले नियन्त्रणमा लिएको डिएसपी सुर्यप्रकास सुवेदीले जानकारी दिए ।उनिहरु दुबैजनाले अनैतिक व्यवहार गरेको भयपनि उनिहरु माथि कुटपिट गर्ने, कपाल काट्ने, दिशा खुवाउनमा संलग्न हनेमाथी अनुसन्धान गर्ने डिएसपीको सुवेदीको भनाई छ ।