यो वर्षको नोबल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमु लाई

यो वर्षको नोबल शान्ति पुरस्कार कुनै व्यक्तिलाई नभई संयुक्त राष्ट्र संघ मातहतको विश्व खाद्य कार्यक्रमु ले पाएको छ। विश्वमा द्वन्द्वले थलिएका क्षेत्रमा शान्ति स्थापना र भोकमरी विरुद्धको लडाईमा गरेको योगदानका लागि विश्व खाद्य कार्यक्रमले यो वर्षको नोबल शान्ति पुरस्कार प्राप्त गरेको हो।
यो संस्थाले हरेक वर्ष विश्वका ८८ वटा मुलुकका ९ करोड ७० लाख मानिसलाई भोकमरी विरुद्ध सहयोग गर्दै आइरहेको छ। यद्यपि अहिले पनि विश्वमा प्रत्येक ९ जनामध्ये १ जनाले पर्याप्त खाना खान पाइरहेको अवस्था छैन।
नोबल समितिकी अध्यक्ष, बेर्रिट रेइस एन्डेर्सनले भनेकी छन्, यस्तो संकट पहिले भन्दा थप गहिरिँदै गइरहेको अवस्थामा अन्तर्राष्ट्रिय सहकार्य र वहुपक्षिय सहयोगको आवश्यक्ता अनिवार्य बनेको छ।
उनले विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपी ले विश्वभर द्वन्द्व र युद्धको हतियारका रुपमा भोकमरीको प्रयोगलाई रोक्ने महत्वपूर्ण काम गरेको बताइन्। साथै कोरोना महामारीको समयमा डब्ल्यूएफपीको कामले थप महत्व झल्काएको उनको तर्क छ।