यूएस बंगला एयरलाइन्स दुर्घटनाका पिडीत परिवारले अझै पाएनन क्षतिपूर्ति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दुई वर्षअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको यूएस बंगला एयरलाइन्सका यात्रुका परिवारले दाबी गरेको क्षतिपूर्तिको मुद्दा प्रभावित गर्ने प्रयास भएको पिडित परिवारले गुनासो गरेका छन् ।

०७४ फागुन २८ गते भएको उक्त विमान दुर्घटनाका पीडित परिवारले काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनीका नेपाल प्रतिनिधिले मुद्दा प्रभावित पार्ने प्रयास गरेको आरोप लगाएका हुन् । पीडित परिवारले कम्पनीको नेपालस्थित प्रतिनिधि अधिवक्ता देवेन्द्र प्रधानले मुद्दा प्रभावित तुल्याउने प्रयास गरेको आरोप लगाएका छन् । पीडित परिवारले जारी गरेको प्रेस वक्तव्यमा देवेन्द्र प्रधानले एक पत्र लेखी न्यायालयमा विचाराधीन मुद्दाको सम्बन्धमा अनुचित दबाब दिई न्यायिक प्रक्रियाकै दुरुपयोग गर्ने प्रयास गरेको उल्लेख छ ।

पत्रकार सम्मेलनमा युएस बिमान पीडितमध्येका सात जना यात्रुहरुको परिवारको तर्फबाट विदुरमान श्रेष्ठले विपक्षी वकिल देवेन्द्र प्रधानलाई आउने मुद्दा फैसलाका बारेमा कसरी थाहा भयो भन्ने प्रश्न गर्नुभयो ।

पीडित परिवारले युएस बंगलको आधिकारिक कानुनी प्रतिनिधि प्रधान एण्ड एसोसिएट्स प्रालि र सञ्चालक देवेन्द्र प्रधानले विचाराधीन मुद्दामा प्रभावित तुल्याउनमा संलग्न रही पत्राचार समेत गरिसकेपछि उक्त फर्म र देवेन्द्र प्रधानको वारेस अख्तियारनामा बदर गरी नयाँ कानुनी व्यवसायीमार्फत विपक्षी युएस बंगलाले प्रतिनिधि उपस्थित नगराएसम्म विचाराधीन मुद्दाको कारबाही समेत स्थगित गर्नका लागि काठमाडौं जिल्ला अदालतसमक्ष माग दाबी गरेका छन् ।

पीडित सात परिवारले कुल दुई अर्ब रुपैयाँभन्दा बढी क्षतिपूर्ति दाबी गरी जिल्ला अदालत काठमाडौंमा साउनमा मुद्दा दर्ता गरेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *