यूएईबाट पहिलो चरणको उद्धार सकियो, दोस्रो चरणको उडान तालिका छिट्टै सार्वजनिक हुदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

संयुक्त अरब एमिरेट्स यूएईमा समस्यामा परेका नेपालीको उद्धार प्रक्रियाको पहिलो चरण सकिएको दुतावासले जानकारी दिएको छ । सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि बनाएको मापदण्ड अनुसार पहिलो चरणमा १८ सय ८९ जना नागरिकको उद्धार गरिएको आबुधावीमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

कोरोनाका कारण समस्यामा परेका नागरिकको उद्धारका लागि पहिलो चरण अन्तर्गत जुन १९ देखि २७ अर्थात हिजोसम्म विभिन्न एअरलाइन्सका ११ वटा चार्टड उडान भएका छन् । ११ उडानमार्फत १८ सय ८९ जना स्वदेश फर्किएका हुन् । दोस्रो चरणको उद्धारका लागि छिट्टै उडान तालिका सार्वजनिक गरिने दूतावासले जनाएको छ ।

समस्यामा परेका कतिपयले दूतावासमै पुगेर उद्धार गर्न आग्रह गर्दै आएका छन् । यसरी सहयोग र उद्धारका लागि दूतावासमै पुगेकालाई आवश्यक सूचना र जानकारी उपलब्ध गराउँदै आएको दूतावासले दावी गरेको छ । तर कोरोना महामारीका बेलामा श्रमिकको समस्या लगायत कुरालाई लिएर दूतावासलाई बदनाम गराउन अनर्गल प्रचार गरिएको भन्दै दूतावासले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । दूतावासले विज्ञप्ती नै निकालेर सरकारको मापदण्डअनुसार उद्धारको काम गरिरहँदा पनि विभिन्न रुपमा दूतावासको बदनाम गराउन आएका भिडियो तथा समाचारप्रति दुःख व्यक्त समेत गरेको छ ।

दूतावासले केही नगरेको भन्ने केही सञ्चारमाध्यममा खबर आएपछि दूतावासमाथि चौतर्फी दबाब परेको थियो । पछिल्लो समय अफ्ठेरोमा परेका नेपालीहरुको आवाज एभिन्यूज खबरले प्रतेक्ष्य प्रसारण गर्दै सार्वजनीक गर्दै आएको छ । यता सरकारका उच्च निकायबाट कुनै दबाब नआए पनि आफूले गरेको काम सार्वजनिक गर्नुपर्ने ठानेर दूतावासले विज्ञप्ती निकालेको दूतावासको दावी रहेको छ ।

दूतावासको गेटमै आएर ‘स्क्याण्डल’ मच्चाउँदैमा वा मिडियामा आँसु बेचेर समस्या समाधान नहुने र अहिले महामारीको समयमा दूतावासले श्रमिकको समस्या समाधानमा हरसम्भव प्रयास गरेको दूतावासको भनाइ छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *