युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले सञ्चालीत तरकारी वजार संकटमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना सन्त्रासमा गाउँमा फर्कीएका युवाहरुलाई स्थानीय स्तरमा स्वरोजगार बनाउने उदेश्यले सञ्चालन गरेको जलजला कृषि बजारमा अहिल तरकारी विक्रिमा समस्या उत्पन्न भएको छ । कोरोना महामारीका कारण आफ्नै गाँउमा फर्किएका युवाहरुले सुरु गरेको तरकारी वजारबाट तरकारी काठमाण्डौ, पोखरा, दमौली लगायतका वजारमा पुग्ने भएपनि निषेधाज्ञाका कारण समस्या उत्पन्न भएको हो ।

जिल्लाको धेरै तरकारी उत्पादन हुने यस क्षेत्रमा सबै वडा तवरबाटै तरकारी संकलन गरेर विक्रि वितरण गराउन स्थानीयहरु सकृय भएका छन् । जलजला गाउँपालिका वडा नम्बर ४ स्थित मिलन चोकमा स्थापना गरीएको बजारमा वडामा उत्पादन भएका तरकारी संकलन गरि देशमा अन्य बजारमा समेत विक्रि गर्ने व्यवस्था गरिएको छ । स्थानीय उत्पादनलाई प्रत्साहन दिँदै देशका विभिन्न बजारमा पु¥याउने उदेश्यले सञ्चालनमा ल्याइएको तरकारी बजारमा दोस्रो करोना लहरमा तरकारी विक्रिमा समस्या आएको हो । जारी निषेधाज्ञाका कारण संकलन गरेको तरकारी बजारमा पु¥याउन नसक्दा समस्या भएको हो ।

स्थानीय राजु आचार्य, युवराज अर्मजा, कुशल जिसी, टुंग प्रसाद पुर्जा, जमुना रेग्मी, शालिकराम सुवेदी लगायतका युवाहरुको पहलमा डेड करोडको लगानीमा तरकारी वजार सुरु गरिएको हो । सो तरकारी वजारमा विषेश गरी आलु, किवी सुन्तला, र हरीयो तरकारीमा प्रख्यात मानीएको फर्सै धाईरिङ, क्याङ, वनौ लेसपार जस्ता उच्च हावापानीमा उत्पादीत तरकारी देशका विभिन्न भागमा पु¥याउने गरिन्छ । तरकारी बजारले मासिक तीनदेखी चार लाख बरबारको तरकारीको कारोवार गर्दै आएको छ ।

गाउँ पालिकाकाका नौ वटा वडालाई समेटेर वडा स्तरका कृषि बजार उप समीती गठन गरेर स्थानीय किसानले उत्पादन गरेको सबै खाले उत्पादलाई देशका विभिन्न बजारमा पु¥याउदै आएको कृषि बजारमा नौ जनाले प्रत्यक्ष रोजगार भएका छन । करीव सय जनाको शेयर लगानीमा स्थापना भएको कृषि बजारलो दश रोपनी जमीनमा स्थापना गरीएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *