युवतीहरुको एक समुहद्वारा फरक शैलीमा गरियो बलात्कारको विरोध भिडियाे सहित
देशभर महिला, बालिक तथा युवतीहरुमाथि बलात्कारको घटना नरोकिएको भन्दै युवतीहरुको एक समुहले काठमाडौंमा फरक शैलीमा बलात्कारको विरोध गरेका छन् ।अझै कति सहने नामक फेशबुक समूह बनाइ उनीहरुले काठमाडौंका माइतीघर मण्डलामा कालो पोषाक लगाएर आँखामा समेत कालो पट्टि बाधेर बलात्कारका घटना अन्त्यको माग गरेका हुन् ।
उनीहरुले राष्ट्रपति महिला भएको देशमा समेत महिला बालिका र युवतीहरु बलात्कारबाट पीडित भइरहेको भन्दै सरकारको ध्यानकार्षण गराएका छन् ।
महिलामाथि हुने बलात्कार अन्त्यका लागि बलात्कारीलाई जन्मकैद जेल सजाय हुनुपर्ने उनीहरुको माग छ । उनीहरुले महिलामाथि हुने हिंसाजन्य घटना तथा बलात्कारको विरुद्धमा सरकारले कडा कदम चाल्नुपर्ने बताएका छन् ।
उनीहरुको महिलामाथि हुने बलात्कारको घटना न्यनिकरणका लागि बालबालिका, किशोर किशोरी र सबै महिलाहरुलाई यौन शिक्षा दिनु आवश्यक रहेको पनि बताएका छन् ।