युवकको मृत्यु भएपछि कैलालीको लम्कीचुहा तनावग्रस्त १० प्रहरी घाईते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शनिबार मोटरसाइकल दुर्घटना भएर युवकको मृत्यु भएको विषयमा कैलालीको लम्कीचुहा नगरपालिका तनावग्रस्त बनेको छ।

शनिबार पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए।

स्थानीयबासीले दुर्घटना गराउने व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने मागसहित आइतबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको लम्कीमा यातायात सेवा ठप्प पारेका छन्। प्रहरीले सडक खुलाउन खोज्दा स्थानीयले ढुङगामुढा गरेपछि इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक मनोहरप्रसाद भट्टसहित १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्ष बहादुर बस्नेतले जानकारी दिए।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *