यातायात सञ्चालन गर्ने अवस्था तत्काल छैन : यातायात ब्यवसायी महासंघ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारले शुक्रबारबाट निश्चित दुरी कायमराख्दै र सुरक्षा अपनाउनदै सार्वजनीक यातायात चलाउने अनुमती दिएपनी नेपाल यातायात ब्यवसायी महासंघले सरकारले अनुमति दिदैमा सार्वजनिक यातायात सञ्चालन गर्न सक्ने अवस्था नहरेको स्पष्ट पारेको छ । आफुहरुसँग छलफल नै नगरी छोटोदुरीमा यातायात सञ्चालन गर्ने सरकारको निर्णय अपरिपक्क रहेको उनीहरु भनाई छहेको छ ।

सवारी साधनको नविकरण, पुनकर्जा, लगानीको संरक्षण लगायत बिषय आफुहरुको प्राथमिकतामा रहेको बताउँदै उनीहरुले सवारी साधन ग्यारेजमा थन्किएको, ब्याट्रि बिग्रिएको, मजदुर अन्यत्र गएको, बैंकको किस्ता, सहित ब्यवसायीसँग हाल दैनिक खर्चका लागी इन्धन हाल्ने रकम समेत नहुँदा तत्काल सवारी साधन चलाउन नसकिने तर्क गरेका छन् ।

दुइपक्षीय वार्ता पछि ब्यवसायीलाई राहत, विमा र सुरक्षाका उपाय अपनाउने वातावरण बारे सहमति हुन सके मात्रै सवारी साधन गुडाउन सकिने महासंघको भनाई छ ।

यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी सञ्चालनको खर्च समेत नउठ्ने गरी अनुमति दिनु आपत्तिजनक रहेको बताए। सञ्चारमाध्यमसंग कुरा गर्दै महासचिव सिटौलाले हाल चाहेर पनि सडकमा सवारी साधन चलाउन सक्ने अवस्था नरहेको बताएकाहुन ।

यता यातायात व्यवसायी थप छलफलमा रहेककाले कहिले देखि यातायात सञ्चालन गर्ने भन्नेकुरा प्रष्ट भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *