यस वर्ष गोसाइँकुण्ड मेला नलाग्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्वभर फैलीएको कोरोना भाइरसको जोखिम नेपालमा पनी कायमै रहेपछि यो वर्ष गोसाइँकुण्ड मेला नलाग्ने भएको छ ।हरेक वर्ष जनैपूर्णिमाको अवसरमा हुँदै आएको मेला यो वर्ष नहुने भएको हो ।

मेला व्यवस्थापन गर्दै आएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले कोरोना भाइरसको जोखिम रहेको, सरकारले मेला नगर्न आग्रह गरेको, सार्वजनिक यातायात सञ्चालन नभएको, पदमार्गमा रहेका होटल पूर्णरूपमा सञ्चालनमा नआएका जस्ता कारणले मेला नगर्ने निर्णय गरेको हो ।

गोसाइँकुण्डमा वर्षको दुई पटक मेला लाग्दै आएकोमा यो वर्ष गगौदशहरामा मेला नभएको र कोरोनाको जोखिमको कारण जनैपूर्णिमामा लाग्ने मेला पनि स्थगित गरिएको समितिका अध्यक्ष सन्जिव डिएमले बताएकाहुन।

केही वर्षअघिसम्म मेलाको अवसरमा मात्र तीर्थयात्री आउने गरेकोमा पछिल्लो समय हिउँ पर्ने समयमा बाहेक अन्य समयमा तीर्थयात्री गोसाइँकुण्ड जाने गरेका छन् । जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *