यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत भदौ ४ गते बिहान ११ बजेर १५ मिनेटमा निस्केको छ ।

रूख काट्ने साइत त्यसै दिन राति ९ बजेर २५ बजे छ । काटिएको लिङ्गो नगर प्रवेश गराउन साइत भदौ १० गते बुधबार बिहान १० बजेर ५५ मिनेटमा निस्केको छ । भक्तपुरवाट ल्याइने लिङ्गो भोटाहिटीबाट भित्र प्रवेश गराउनुलाई नगर प्रवेश भनिन्छ ।भदौ १४ गते बिहान सात बजेर सात मिनेटमा इन्द्रध्वजोत्थान गर्ने साइत निस्केको छ ।

भदौ १६ गते कुमारी यात्रा हुने भएको छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यस दिन उपत्यकामा सार्वजनिक बिदासमेत दिइन्छ । त्यस दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने परम्परा छ । त्यसको भोलिपल्ट कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । भदौ २१ गते नानिचा यात्रा गराइने भएको छ ।

इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढाल्ने साइत भने भदौ २२ गते बिहान चार बजेर छ मिनेटमा निस्केको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले यस वर्ष इन्द्रजात्रा कुन रुपमा मनाउने भन्ने निर्णय भइसकेको छैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *