यस्तो बन्यो नेपालमा गुड्ने रेलको डिब्बा !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं ,भारतले नेपालमा गुड्ने रेलको डब्बा बनाएको छ। गत वैशाखमा भएको सहमति अनुसार भारतीय कम्पनीले जनकपुर(जयनगरखण्डको ३५ किलोमिटर लामो रुटमा गुड्ने रेलको डब्बा बनाएको हो। रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार भारतको चेन्नइस्थित कोन्कन रेल्वे कर्पोरेसनको कारखानामा नेपालमा चल्ने रेलको डिब्बा तयार भएको हो। रेल विभागको एउटा टोली अहिले जनकपुर-जयनगर रुटमा चल्ने दुईवटा रेलका डिब्बा निर्माणको प्रगतिबारे जानकारी लिन सोमबार भारत पुगेको हो।

भारतले यसअघि नै नेपालमा सञ्चालन हुने दुईवटा रेलका डिब्बा उपलब्ध गराउने सहमति गरिसकेको छ। नेपाल-भारतबीच गत वैशाखमा रेलका डिब्बाहरु दिने कुरामा सहमति भएको थियो। भौतिक योजना तथा यातायात सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मञ्जिवसिंह पुरीको उपस्थितिमा नेपालको रेल्वे विभाग र भारतको कोन्कन रेल्वे कर्पोरेसनबीच सहमतिमा हस्ताक्षर भएको थियो। यी डिब्बासहितको रेल आएपछि नेपालले तत्काल जनकपुर(जयनगर रेलवे सञ्चालनको तयारी गरेको छ। बन्द भएर पुनस्सञ्चालन हुन लागेको जनकपुर(जयनगर रेलवेको परीक्षण पनि भइसकेको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *