यस्तो छ सासंद आफताब आलम पक्राउपर्नुको रामकहानी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सासंद तथा पूर्व मन्त्री मोह्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा सँलग्न भएको आरोपमा प्रहरीले उनलाई आइतवार बिहान इद्रीस गेट अगाडि बाट नियन्त्रणमा लिएको हो । एक कार्यक्रममा सहभागी भएर आउदै गरेका सासंद आलमलाई प्रहरीले बाटो बाटै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा लगेको थियो ।

के हो घटना ?
२०६४ को संविधान सभाको निर्वाचनको एक दिन अघि चैत्र २७ गते शेख इद्रीसको घरमा बम विस्फोट भएको थियो । आफताल आलमका घर नजिकैको सो स्थानमा विष्फोट हुदा केही व्यक्तिहरु घाइते भएका थिए । विष्फोटमा परि कति जनाको मृत्यु भएको वा कति व्यक्ति घाइते भएको यकिन भएको थिएन । तर सरुअठाका २४ वर्षिय त्रिलोक प्रताप सिंह र २२ वर्षिय ओसी अख्तरको मृत्यु भएको भन्दै दुवै जनाको परिवारका सदस्य श्री नारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोज विरुद्ध किटानी जाहेरी दिएका थिए ।

सरुअठाको घरमै बसी रहेका त्रिलोक प्रताप सिंहलाई चुनाव प्रचार प्रसारका लागी जाँउ भन्दै सेख भदइ बोलाउन आएका थिए । चुनावी प्रचारमा हिडेका सिंह र अख्तर बम बनाइरहेको स्थानमा घाइते भएको र उनीहरुलाई घाइते अवश्थामै उपचारका लागी लाने भन्दै घाइते केही भारतीय नागरिक समेतलाई नजिकैको इटा बनाउने चिमनी भट्टामा लगेर जलाइएको आरोप आलम माथि लागेको थियो ।
स्थानियले समेत सो समयमा तत्कालीन प्रहरीहरुले राम्ररी काम गर्न नसकेको आरोप लगाएका छन ।

अदालतको फैसला
घटना भएको बखत तत्कालीन प्रहरी र सरकारी वकिलको कार्यालय बाट मुद्धा नचलाउने भन्दै निर्णय गरिए पनि पछि पुनः सोही मुद्दामा सर्वोच्च अदालत बाट २०६९ जेष्ठ १६ गते, मुद्दाको गम्भीरता पूर्वक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारवाही गर्ने आदेश भएको थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आदेश कार्यान्वयन गर्ने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरलाई २०७५ चैत्र ८ गते ताकेता गर्दै मुद्दा चलाउनका लागी पत्राचार समेत गरेको थियो ।

२०६४ को संविधान सभा निर्वाचनको पूर्व सँध्यामा भएको सो विस्फोटमा परी घाइते भएकाहरुलाई जिउदै इटा भट्टामा जलाइएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो ।
सर्वोच्च अदालतको आदेश अनुसार आलमलाई पक्राउ गरेर अनुसन्धान कार्य शुरु गरेको प्रहरी उपरिक्षक भुपेन्द्र खत्रीले बताए । जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भए पछि उनलाई गौर आउने बाटोमा रहेको इद्रीस गेट बाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रौतहटमा गौरमा राखिएको उनले बताए । अदालतमा दायर भएको मुद्दा अनुसार घटनाका मुख्य अभियुक्त सासंद आलम रहेको र अन्यको पनि खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । मुलुकी फौजदारी अपराध संहिता अन्तर्गत ज्यान सम्बन्धी कसुरको महलमा म्याद थप गरेर अनुसन्धान शुरु हुने प्रहरी उपरिक्षक खत्रीले बताए ।

आलम पक्राउ पछि पीडित र काग्रेंस नेताको प्रतिकृया

सासंद आलम पक्राउ परे पछि जिल्ला प्रहरी कार्यालय रौतहटले गौरको सुरक्षा व्यवस्था कडा बनाएको छ । जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा प्रहरीको उपस्थीती बाक्लो बनाइएको छ भने अन्य जिल्लाहरु बाट समेत थप प्रहरी बल मदतका लागी बोलाइएको छ ।

घटनका मुख्य अभियुक्त भनिएका आफताब आलम पक्राउ परे पछि उजुरीकर्ता श्रीनारायण सिंहलाई न्याय पाउने आश पलाएको छ । “घटनाको लामो समय पछि बल्ल रौतहटको प्रहरीले आलमलाई पक्राउ गर्दा न्याय पाइन्छ भन्ने आश पलाएको छ ।” गहभरी आशु पार्दै सिंहले भने “सधै पद र ओहदाका कारण जोगिएर बसेका आलम पक्राउ परेको देख्दा देशमा अझै प्रहरी र कानून जिवित छ भन्ने आभास भएको छ ।” छोरा गुमाएको पीडा अझै भुल्न नसकेका वृद्ध सिंह कानूनी प्रक्रियाका क्रममा अदालतले दिने फैसला प्रति गम्भीर छन । ठूलो मान्छेले अपराधले गर्दा सजाय हुन्छ की हुदैन भन्ने कुरा अब अदालतको निर्णय पछि थाहा हुने उनले बताए ।

यता पूर्व मन्त्री तथा नेपाली कागे्रंसका नेता सासंद आलम पक्राउ परे पछि नेपाली काग्रेंसका नेताहले चर्को विरोध गरेका छन । नेपाली काग्रेंसका जिल्ला सभापति कृष्णा यादवले आलमको रिहाइ नभएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनि दिएका छन । नेता तथा परोहा नगरपालिका का मेयर शेख वकिलले प्रहरीले अपहरणकारी शैलीमा नेता आलमलाई पक्राउ गरेको आपती प्रकट गरेका छन । तरुण दलका सभापति शेख नौसाले पनि नेता आलमलाई बिना शर्त सकुशल रिहाइ नगरेमा चर्को आन्दोलनका कार्याक्रम गर्ने बताएका छन भने कागें्रसकै रामचन्द्र गिरीले साँसद जस्तो व्यक्तिलाई प्रहरीले बिना कुनै सूचना बाटो बाटै जबरजस्ती पक्राउ गरेको भन्दै विरोध जनाएका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *