यस्तो छ सन्दीप लामिछानेको नयाँ घर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

क्रिकेटर सन्दीप लामिछानेले आलिसान बंगला किनेका छन्।

उनले राजधानीको बुढानिलकण्ठमा झण्डै एक रोपनी क्षेत्रफलमा बनेको बंगला किनेका हुन्। अन्तराष्ट्रिय टी ट्वान्टी फ्रेन्चाइज प्रतियोगितामा सन्दीपले पछिल्लो समय लाखबाट करोडमा फड्को मारेका छन् ।

सन्दीप भर्खरमात्रै नयाँ घरमा सरेका हुन्। यसअघि उनको परिवार चितवनको सौराहा बस्दै आएको थियो। साढे दुई तल्ले घरको पहिलो तल्लामा डाइनिङ रुम र सिटिङ रुम छ। सन्दीपले पहिलो तल्लामा आफ्नो कोठा बनाएका छन्। माथिल्लो तल्लामा भने उनले परिवारका सदस्य र पूजा कोठाका लागि छुट्याएका छन्। घरको कम्पाउण्डमा बँगैचा छ। साथै चार वटासम्म गाडी अट्ने पार्किङ छ।

सिटिङ रुममा सन्दीपले विभिन्न क्रिकेट प्रतियोगितामा जितेका ट्रफी र मेडलहरु सजाएका छन्। घरको मुल्य भने सन्दीपले खुलाएका छैनन्। सन्दीपका म्यानेजर रमन शिवाकोटीले घर किनेको सेतोपाटीलाई बताए। तर उनले मुल्य र क्षेत्रफलबारे खुलाएनन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *