यसवर्ष उत्पादन बढ्ने अनुमान गरेका मुगुका किसानले उत्पादन घट्दा निराश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यस बर्ष कात्तिक महिनाको सुरुमै मुगुका किसान कृषि बाली भित्र्याउन व्यस्त देखिएका छन् ।
मुगुका ४ वटा स्थानीय तहमा बर्षेबाली भित्र्याउन कृषक चटारोमा देखिन्छन् । कोरोना संक्रमणका कारण भोलि समस्यामा परिने आशंकाका कारण बेलैमा अन्नबालि भित्र्याउन लागिएको किसान बताउँछन् ।

मुगुका रैथाने बालिमा कागुनु, धान, मकै, कोदो, फापर, सिमि, मास, गहत लगायत पर्छन् । मुगुमा यस वर्र्ष कृषि उत्पादन घट्ने अनुमान गरिएको छ । कात्तिकको अन्तिमतिर भित्र्याउनका लागि तयार हुने बाली असोजको अन्तिम साता नै भित्र्याउँदा मुगुमा उत्पादन घट्ने देखिएको हो ।

उत्पादन राम्रोसँग नहुँदा भोकमरीमा पर्ने चिन्ता मुगुवासीमा बढेको छ । यस बर्ष समयमै पानी परेकाले उत्पादन बढ्ने अनुमान गरेका मुगु किसान उत्पादन घट्दा निराशमा परेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *