यसरी सुरु भयो लमजुङमा महुमुल्य तितेपातीको व्यावसायिक तेल उत्पादन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

लमजुङमा तितेपातीको व्यावसायिक तेल उत्पादन सुरु भएको छ ।लमजुङको क्वहोलासोंथर गाउँपालिका ८ घाम्राङबेसीमा रहेको हिमालयन हर्ब सेन्टरले आधुनिक प्रविधि स्टिम डिस्टिलेसन सिस्टमबाट तितेपातीको तेल उत्पादन सुरु गरेको हो ।

गएको वर्ष परीक्षण गरिएको र यस वर्षदेखि तितेपातीबाट तेल उत्पादन गरिएको हिमालयन हर्ब सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले बताए ।ुगाउँघरका धेरै उर्बर जमिन बाँझा छन् । पाती फुलेर गएका छन् । त्यसै फुलेर गएको पातीको उपयोग गरी हामीले तेल उत्पादन सुरु गरेका छौँ अध्यक्ष गुरुङले भने गएको वर्ष परीक्षण गरियो । यही भदौदेखि भने उत्पादन सुरु गरेका छौँ ।

उनका अनुसार एक हप्ताको अवधिमा ८ लिटर तितेपातीको तेल उत्पादन भएको छ । एक लिटर तेल उत्पादन गर्न ६ सय किलो पाती चाहिन्छ । एक लिटर तेलको ६र८ हजार रुपैयाँसम्म पर्ने उनले बताए । उनका अनुसार तितेपातीको तेल खाने परिकारका साथै सौन्दर्य सामग्री र विभिन्न औषधि निर्माणमा उपयोग गरिन्छ ।

विशेषगरी तितेपातीको तेल युरोपका बजारमा माग उच्च रहेको छ । विदेशमा तितेपातीको तेलको माग ज्यादा छ । गाउँघरमै खेर गएको पातीको उपयोग गरी तेल बिक्रीबाटै राम्रो कमाइ गर्न सकिने उनले बताए ।उनका अनुसार नेपाली समुदायमा तितेपाती तेलको उपयोगिताबारे थाहा नभएकाले यसको प्रयोग निकै कम रहेको छ । तितेपातीको तेल उत्पादनको लागि मेसिन खरिद, भौतिक संरचना निर्माणमा गरी झण्डै २८ लाख लगानी भइसकेको छ ।

हिमालयन हर्ब सेन्टरमा कोम्रो सामुदायिक वन उपभोक्ता समितिसँगै खड्गबहादुर परियार, ईश्वरबहादुर गुरुङ र गमप्रसाद गुरुङको संयुक्त लगानी रहेको छ । तितेपातीको तेल उत्पादन सुरु भएसँगै स्थानीय ठाउँमा पातीको अभाव भएको छ । स्थानीयले तितेपातीको व्यावसायिक खेती गरेर पनि राम्रो कमाउन सक्ने सम्भावना रहेको गुरुङले बताए।

उच्च परिमाणमा तितेपातीको तेल बनाएर विदेश पठाउन सके राम्रो आर्जन हुन्छ । स्थानीय स्रोत साधनको उपयोग गरी स्थानीयले घरगाउँमै रोजगारी सिर्जना गर्न सक्छन् उनले भने। हिमालयन हर्ब सेन्टरले बिस्तारै ठूलो परिमाणमा तितेपातीको तेल उत्पादन गर्ने लक्ष्य लिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *