यसरी सुरुभयो अन्तर्राष्ट्रिय उडान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न रोकिएको अन्तर्राष्ट्रिय उडान सुरु भएसंगै नेपाल वायुसेवा निगम, हिमालय एअर, मलेसियाको मालिन्दो एअर लगायतले सेवा सुरु गरेका छन् ।

उडान सुरु भएसंगै नेपाल वायुसेवा निगमको जहाज मंगलबार नारिता उडेको थियो । त्यस्तै आज बुधबार हिमालय एअर चीन गएको थियो भने मलेसियाको मालिन्दो एअर दिउँसो त्रिभुवन बिमानस्थल अवतरण गरेको थियो ।


नियमित उडानबाट आउने यात्रुलाई पनि नेपाली सेनाले नै व्यवस्थापन गरेको छ । नेपाल ओर्लिएका सबै यात्रुलाई सेनाले विमानस्थलबाट सीधै होल्डिङ सेन्टर लगेको थियो । त्यहाँबाट सम्बन्धित प्रदेशसँगको समन्वयमा घर जाने व्यवस्था मिलाइएको छ । सरकारले नियमित उडान खुला गर्दा प्रतिदिन ८०० जनासम्म मात्रै यात्रु ल्याउने अनुमति दिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *