यसरी भिड्दैछन ऋतिक र प्रभास,कस्ले मार्ला बाजी ?

उनीहरूबिच आआफ्नो सिनेमाको कारण भने भिडन्त हुन लागेको होइन्। एउटै सिनेमामा एक जना नायक र अर्को खलनायक बन्ने भएपछि सिनेमाको पर्दामा उनीहरूबिच भिडन्त हुन लागेको हो।
उनीहरू बिच दंगल तथा छिछोरे निर्देशक नितिश तिवारीको निर्शेनमा बन्ने रामायणमा राम र रावणका रूपमा भिडन्त हुन लागेको जनाईएको छ।
सिनेमामा ऋतिक राम र दिपिका सीता बन्ने तय भइसकेको भएपनि रावणको टुङ्गो लागेको थिएन। तर बलिउड समाचारसम्बन्धी वेबसाइट बलिउड लाइफ डटकमले सिनेमामा प्रभासले रावणुको भूमिका गर्ने तय भएको जनाएको छ।
सो साइटका अनुसार रावणको भूमिका गर्न प्रभास तयार भएका छन्।
बाहुबली सिरिजको सफलताले प्रभास क्षेत्रिय स्टारबाट भारतीय स्टार भइसकेका छन्। यस्तोमा रावणको भूमिकाले उनलाई थप उचाइ दिने अनुमान विष्लेशकहरुले अनुमान गरेका छन् ।
हाल उनी अभिनित साहो प्रदर्शनमा रहेको छ। सिनेमाको हिन्दी संस्करणले सुपरहिट कमाइ गरेको छ।