यसरी भयो होटल सोल्टी झकिझकाउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई दिने नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनफिङ बस्ने होटल सोल्टी पनि झकिझकाउ पारिएको छ ।

राष्ट्रपति सीको भ्रमणको क्रममा शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि बास बस्ने होटल समेत झकिझकाउ पारिएको हो । होटल वरपर विभिन्न भेषभुषमा मानिसहरु सीको स्वागतका लागि तयारी अवस्थामा रहेको जनाइएको छ ।

राष्ट्रपति सी सोल्टी होटल पुग्ने रुटमा समेत नेपालको पहिचान झल्काउने ऐतिहासिक तस्वीरहरु राखिएको छ भने विभिन्न ठाउमा दुई देशको विशेष सम्बन्ध झल्काउने गेटहरु निर्माण गरिएको छ । राजधानीको सुरक्षा अवस्था समेत कडा पारिएको छ । राष्ट्रपति सी बस्ने होटल सोल्टी होटल वरपर समेत सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *