यसरी बन्दा बन्दीले बनायो सफल कृषि व्यवसायी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

लगातारको बन्दा बन्दी , कोरोनाको संन्त्रास र भिडभाडबाट सुरक्षीत रहनसकीने भएपनि कुश्माका एक व्यापारी पेशा नै परिवर्तन गरेर कृषि कर्ममा लागेका छन । सदरमुकामा व्यापार गरीरहेका व्यापारीले अहीले कृषिमा लगानी गरेर आम्दानी गरेर बन्दाबन्दीको असर बाट बच्न सफल भएकाछन् ।

पेशाले हार्डवयर सञ्चालक कुश्मा ७ मनोज पौडेलले कोरोनाको त्रास र जारी लक डाउनले व्यवसाय रोकीएपछि अहीले कुखुरा व्यवसायी बनेका छन । मनकामना हार्डवयरका सञ्चालन दम्पती चन्द्रा क्षेत्री र मनोज पौडेल अहीले कुखुराको स्याहारसुशारमा दिनभर व्यस्त बन्न थालेका हुन । कृषि पेशामा लागेपछि बन्द हडताल र लडक डाउनले कुनै फरक नपार्नै र व्यपारभन्दा कृषि पेशा उत्तम रहेको पौडेलको अनुभव छ ।

कुश्मा ८ मा १५ रोपनी क्षेत्रफलमा कालीज , कडकनाथ( कालो कुखुरा) , ट्रकी पालेका पौडेल दम्पतीले शुरुमा सोखले पेशा गरेको भएपनि पछिल्लो बन्दाबन्दीले व्यवसायी बनाएको हो । यम सी वाईल्ड लाईफ रिसर्च सेन्टर सञ्चालन गरेर व्यवसायी बनेका जोडीले व्यापार भन्दा कृषि कर्म सन्तोस जनक रहेको बताए । एक सय चल्ला बाट शुरु गरेको व्यवसायमा अहीले कालीज मात्रै हजार पुगेकाछन भने अन्य कडक नाथ (कालो कुखुरा )र ट्रकी पनि सँगै पालेका छन ।

लोकल प्रजातीका पंक्षी रहेका कारण खुल्ला रुपमा तार बार जाली लगाएर अहीले व्यसायीक पालन शुरु गरका हुन । उनिहरले पछिल्लो वैदेशीक रोजगारबाट फर्कीएका र देश मै केही गर्न चाहाने युवाका लागि कृषिमा विविधता ल्याएर पेशा अगाल्न सकेमा आत्म निर्भर हुन सहज हुने बताए ।अहीले उनिहरुको फर्मबाट प्रति गोटा कालीज तीन हजार देखी पाँच हजर सम्म विक्रि भईरहेको छ । लोकल प्रजातीका कुखुरा तथा कालीज र कडक नाथ उत्पादनको लागि ह्याचारी सञ्चालनमा ल्याउने तायरी भईरहेको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *