यसरी परिवर्तन हुदै छ ‘हिमालय एयरलाइन्स’ के के फेरिदैछ हेर्नुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हिमालयन एयरलाइन्सका चिनियाँ लगानीकर्ता परिवर्तन हुने भएका छन् । तिब्बत एयरलाइन्सले आफ्नो ४९ प्रतिशत हिस्सा तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड इन्भेष्टमेन्टलाई बिक्री गरेसँगै कम्पनीको स्वामित्व परिवर्तन हुने कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

हिमालयन एयरलाइन्सले लोगो पनि परिवर्तन गरेको छ । एयरलाइन्सले आइतबार हिमालको चुचुरोमा उड्दै गरेको चिलयुक्त नयाँ लोगो सार्वजनिक गरेको हो ।कम्पनीका अध्यक्ष झो एन्योङले सेवाग्राहीलाई थप सेवा र सुविधा प्रदान गर्न अर्थपूर्ण सुधार र परिवर्तन ल्याउन लागेको बताए । एयरलाइन्सलाई नेपालमा मात्र नभई एसियामै नेतृत्व गर्ने एयरलाइन्सको रूपमा स्थापित गराउन कम्पनीले नियमति प्रयास गर्दै आएको उनले बताए ।

थप दुई जहाज भित्र्याउने
एयरलाइन्सले दुईवटा ए ३१९ जहाज खरिद गर्ने भएको छ । कम्पनीले आफ्नो नया“ ब्रान्ड पहिचानसहित ल्हासाजस्ता उच्च स्थानमा उडान भर्नका लागि जहाज खरिद गर्ने योजना बनाएको हो । कम्पनीले ८ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सिट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएका छन् ।

नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा हिमालय एअरलाइन्स कम्पनीको स्थापना भएको हो । कम्पनीले सन् २०१६ देखि व्यावसायिक उडान गर्दै आएको छ । एउटा विमान र एउटा गन्तव्यबाट उडान सेवा सुरु गरेको हिमालय एयरलाइन्ससँगै तीनवटा ए ३२० जहाज छन् भने पा“चवटाले गन्तव्य उडान भर्दै आएका छन् ।

चीनका ७ गन्तव्यमा उडानको तयारी
चीनस“ग सञ्जाल विकास गर्ने उद्देश्यले एयरलाइन्सले बेइजिङमा पहिलो उडान सुरुवात गर्ने र क्रमशः थप नयाँ स्थानमा उडान भर्ने भएको छ । बेइजिङ, चांसा, नांचाङ, गुइयाङ, चोंकिङ, अली र सेन्जेंगमा आगामी केही दिनमै उडान भर्ने तयारी गरेको कम्पनीकी ब्रान्ड तथा सर्भिस डिमार्टमेन्टकी प्रमुख दलीले बताइन् । बेइजिङमा पहिलो उडान भर्ने उनले बताइन् । त्यस्तै, निकट भविष्यमा भारतको नयाँदिल्ली, कलकत्ता, श्रीलंकाको कोलोम्बो, म्यानमारको यांगुन, चीनको सेन्जेन, सांघाइमा उडान सेवा सुरु गर्ने कम्पनीको योजना रहेको छ । हाल कम्पनीले दोहा, दुबई, आबुदाबी, ढाका, क्वालम्पुर र दमाम उडान सेवा सञ्चालन गर्दै आएको छ ।

लोगो परिवर्तन
एयरलाइन्सले दृढता र साहसको प्रतीकलाई लोगो बनाएको छ । ‘हिमालय’मा भएको तीन अंगे्रजी अक्षर ‘ए’ को संयोजनले उड्दै गरेको चिललाई चित्रित गर्छ । चिललाई दृढता र साहसको प्रतीक मानिन्छ जसले हिमालय एयरलाइन्सको धेरै उचाइमा उड्न सक्ने साखलाई संकेत गर्ने कम्पनीकी ब्रान्ड तथा सर्भिस डिमार्टमेन्टकी प्रमुख उज्ज्वला दलीले बताइन् ।नयाँपत्रीकाबाट साभार

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *