म्याद गुज्रिएका सामान बेच्ने अर्को गोदाममा पनि छापा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

म्याद गुज्रिएका सामान बेच्ने कलंकीस्थित अर्को गोदाममा पनि प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलंकीको मालपोत कार्यालय पछाडिएको एक घरमा म्याद गुज्रिएका खाद्य सामग्री गोदाम बनाएर राखेको अवस्थामा छापा मारेको हो ।

वृत्तका डिएसपी अपिलराज बोहराका अनुसार ठूलो मात्रामा चक्लेटहरु, तेल, पिठोलगायतका खाद्य सामानहरु बरामद भएका छन् । ‘अहिले हामी गोदाममै छौं सामान कति हुन्छ भन्ने पनि एकिन छैन,’ डिएसपी बोहराले नेपाल लाइभसँग भने, ‘म्याद गुज्रिएका यी सामान रिलेबलिङ गरेर बजार पठाउन लागिएको अवस्थामा छापा मारिएको हो।’

प्रहरी र वाणिज्य विभागको संयुक्त टोलीले यसअघि पनि कलंकी क्षेत्रबाट ठूलो मात्रामा म्याद गुज्रिएका खाद्य सामान बरामद गरेको थियो । उक्त सामान रिलेबलिङ गरेर बेच्न लागेको अवस्थामा ८ जना पक्राउ परेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *