म्याग्दीमा पंक्षीहरुमाफैलिने बर्डफ्लुबारे अन्तरक्रिया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विभिन्न पशुपन्छीबाट फैलिने र मानिसलाई असर गर्ने बर्डफ्लुबारे बेनीमा अन्तरक्रिया गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा पंक्षीहरुमा फैलिने बर्डफ्लु एभियन इनफ्लुयान्जाबारे अन्तरक्रिया गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कुखुरा ब्यवसायी, माशु ब्यवसायी, सुरक्षा निकाय, पत्रकारहरुको उपस्थितमा कुखुरामा हुने बर्डफ्लुबारे सचेतना सम्वन्धी छलफल गरिएको थियो ।

पशुसेवा विज्ञ केन्द्रका पशु चिकित्सक नारायण कुसुमले जिल्लामा रहेका लेयर्स, ब्रोइलर, हांस, स्थानीय कुखुराको अनुमानित संख्याबारे जानकारी गराएका थिए । उनले यी कुखुरामा हुने एभियन इन्फ्लुयान्जा बर्डफ्ल्यु प्राणघातक रोग हो, यसले पंक्षीहरुको श्वासप्रश्वास, पाचनप्रणाली लगायतमा असर गर्ने बताए । यो रोग जंगली चरा जातीमा पाईन्छ, जसले एक क्षेत्रबाट अर्को ठाउँमा सार्न मदत गर्ने बताए । यो रोग म्याग्दीमा अहिल्य देखिएको छैन, सम्भावित रुपमा कुखुरामा देखिने लक्षणको परिक्षण र सर्तकता अपनाउन कुखरा ब्यवसायीहरुलाई पशु चिकित्सक कुसुमले आग्रह गरेका थिए ।

फर्ममा विभिन्न लक्षणहरु कुखुरामा देखिएमा जिल्लामा रहेको पशुसेवा विज्ञ केन्द्रमा सम्पर्क गर्न ब्यवसायीलाइ आग्रह गरेका थिए । पंक्षीहरुको मासु प्रयोग गर्दा राम्रोसंग पकाएर खान समेत आग्रह गरेका थिए ।

त्यस्तै कुखुरा ब्यवसायीहरुले विभिन्न जिल्लाबाट आउने कुखुराहरुमा निगरानी बढाउन पशु कार्यालय र सुरक्षाकर्मीलाई आग्रह गरेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *